आहा रारा पोखरा गोल्डकपको तयारी तिव्र, विभिन्न उपसमिति संयोजक चयन


     एभरेस्ट आवाज    
     पौष २० गते २०८० मा प्रकाशित




पुस २० पोखरा । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप सफल बनाउन विभिन्न उपसमिति संयोजक चयन गरिएको छ ।
क्लबको बिहीबार मानार्थ सदस्य, सल्लाहकारसहितको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल पार्न विभिन्न उपसमिति संयोजक चयन गरेको हो ।

अर्थ संकलन उपसमिति संयोजकमा क्लब सल्लाहकार सुनिलकुमार गुरुङ, प्रचारप्रसारमा सल्लाहकार दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालनमा मानार्थ सदस्य प्रकाश शेरचन, अनुगमनमा मानार्थ सदस्य खेमबहादुर गुरुङ, आवास व्यवस्थापनमा मानार्थ सदस्य मुक्षेत्र गुरुङ, शान्ति सुरक्षा व्यवस्थापनमा सल्लाहकार मदन केसीलाई जिम्मेवारी दिइएको क्लवले जनाएको छ ।

यसैगरी, खेल मैदान व्यवस्थापन समिति संयोजकमा सल्लाहकार तोरणबहादुर बानियाँ, मञ्च व्यवस्थापनमा सल्लाहकार शम्भु कार्की, आयोजक टिम तयारी उपसमितिमा पूर्व अध्यक्ष वीरभद्र आचार्य, सहभागी टिम सम्पर्कतर्फ पूर्व अध्यक्ष विक्रम थकाली संयोजकमा चयन भएका छन् ।

साथै अतिथि सत्कारतर्फ सल्लाहकार गणेशबहादुर भट्टराई, यातायात व्यवस्थपनमा योगेन्द्रबहादुर केसी, लियाजन व्यवस्थापनमा तेजबहादुर गुरुङ, संघसंस्था समन्वयतर्फ टीकाबहादुर कार्की, अन्तर्राष्ट्रिय शाखा समन्वयमा निवर्तमान अध्यक्ष हरिराम गुरुङ, प्राथमिक उपचार व्यवस्थापनमा सल्लाहकार डा. रवीन्द्रप्रसाद श्रेष्ठ, प्राविधिक एवं अनुशासनमा संस्थापक अध्यक्ष बसन्त थकाली, सचिवालय, प्रमाणपत्रमा सिल्ड मेडल व्यवस्थापनको जिम्मेवारी पूर्व अध्यक्ष केशवबहादुर थापालाई दिइएको छ ।

यसअघि क्लवको बैठकले अध्यक्ष केशवराज बरालको अध्यक्षतामा ५०२ सस्स्यीय मूल आयोजक कमिटी तथा १०१ सद्स्यीय सल्लाहकार परिषद गठन गरेको थियो ।

प्रतियोगिता संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र मुल आयोजक कमिटी सदस्यसचिवमा महासचिव रामजीप्रसाद अधिकारी चयन भएका थिए । माघ ९ देखि २० सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।