बेलायती महारानी र राजकुमार फिलिपले लगाए कोरोनाविरुद्धको खोप


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित




बेलायतकी महारानी एलिजावेथ द्वितीय र राजकुमार फिलिपले कोरोनाविरुद्धको खोप लगाएका छन्।

९४ वर्षीया महारानी र ९९ वर्षीय राजकुमारले शनिबार कोरोनाको खोप लगाएको बकिङघम प्यालेसले जानकारी दिएको छ।

उनीहरु अहिलेसम्म कोरोना संक्रमण हुनबाट भने जोगिएका छन्। तर ७२ बर्षिय राजकुमार चाल्र्स र राजकुमार विलियमलाई भने गत मार्चमा कोरोना संक्रमण भएको थियो।

बेलायतमा अहिले स्वास्थ्यकर्मी, फ्रन्टलाइनर र ८० वर्षभन्दा माथिकालाई भ्याक्सिन दिदै आएको छ। नयाँ स्वरूपको कोरोना फैलिएपछि बेलायतमा अहिले फेरी लकडाउन गरिएको छ भने कोरोनाविरुद्धको फाइजर र अक्फोर्डको भ्याक्सिनलाई प्रयोगको अनुमति दिएर भ्याक्सिन अभियान चलाइएको छ।

बेलायतमा फेब्रुअरीको मध्यसम्म डेढ करोडले भ्याक्सिन लगाइसक्ने बताइएको छ। बेलायतमा कोरोनाबाट अहिलेसम्म ८० हजारभन्दा बढीको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी संक्रमित भएका छन्।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।