विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ९ करोड नाघेको छ।
पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ७७ हजार नाघेको हो।
एक वर्षअघि चीनको वुहानमा पुष्टि भएको कोरोना भाइरसको संक्रमण विश्वका सबै महादेशका गरी दुई सय १८ देशमा फैलिएको छ । संक्रमण पुष्टि भएकामध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन्।
यो कुल संक्रमितको ७१ प्रतिशतभन्दा धेरै हो। यस्तै १९ लाख ३४ हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। यो संख्या कुल संक्रमितको दुई दशमलव १४ प्रतिशत हो। अहिले विश्वमा दुई करोड ३६ लाखभन्दा धेरै सक्रिय संक्रमित रहेकामा तीमध्ये १ लाख ८ हजारभन्दा धेरै गंभीर बिरामी छन्।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा मात्रै २ करोड २६ लाखभन्दा बढी संक्रमित भएका छन् भने ३ लाख ८१ हजारभन्दा धेरै संक्रमितको ज्यान गएको छ। दोश्रो प्रभावित भारतमा १ करोड ४ लाख ५० हजारभन्दा धेरैमा संक्रमण हुँदा १ लाख ५१ हजारभन्दा धेरैको ज्यान गएको छ।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







