इन्डोनेशियामा हराइरहेको विमानको दुर्घटनास्थल भेटियो


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित




इन्डोनेशियामा हराइरहेको विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ ।

आइतबार बिहानबाट सुुरु भएको खोजीकार्यका क्रममा विमानको दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन्।

बीबीसीकाअनुसार विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको छ ।

चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो शनिबार दुर्घटनामा परेको हो । राजधानी जकार्ताबाट उडेको ४ मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको खबरमा उल्लेख छ।

जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो। राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।