रास्वपा संगठन विस्तारमा सक्रिय, पोखरा १६ को अधिवेशनको तयारी शुरु


     एभरेस्ट आवाज    
     पौष २३ गते २०८० मा प्रकाशित




पोखरा । नयाँ शक्तिको रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टीले देशभरका वडाहरुमा अधिवेशनलाई तिव्रता दिएको छ ।

कास्कीमा पनि केही वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएका छन् भने केही वडामा तयारी शुरु गरिएको छ । रास्वपा पोखरा १६ ले पनि अधिवेशनको तयारी शुरु गरेको सभापति केशव वस्नेतले जानकारी दिए ।

वडा अधिवेशनको तयारीका विषयमा सोमवार भएको छलफलमा पार्टीका कास्की संयोजक रुक्मांगत भण्डारीले पार्टीको ऐतिहासिक अधिवेशनको जानकारी गराँउदै, पार्टीको संरचना, वडा तहको निर्वाचन प्रणाली, प्रतिनिधीको सहभागिता लगायतका विषयमा जानकारी दिएका छन् ।

वडा अधिवेशनले पार्टीको अभियानलाई थप मजवुत र सशक्त वनाउने वताउदै, यसले जनताको आर्कषण वढ्ने स्पष्ट पारे । छलफलमा स्वतन्त्र पार्टीका नेताहरु दुर्गा रञ्जित श्रेष्ठ, शोभा कायस्थ, नारायण आचार्य, अरविन तुलाचन, जीवन वहादुर वस्नेत लगायतले पार्टीले अगाडी सारेको योजनाको विषयमा जानकारी गराएका थिए ।

यही पुस २८ गते शनिवार प्रथम ऐतिहासिक अधिवेशन गर्ने र अधिवेशनले आगामी ५ वर्षका लागी नयाँ समिति चयन गर्ने सचिव विश्ववन्धु थापाले जानकारी दिए । वडा समितिमा सभापति र सदस्यको निर्वाचन हुने व्यवस्था पार्टीमा रहेको वताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।