पक्राउ परेका तपस्वी रामबहादुर बम्जन सार्वजनिक


     एभरेस्ट आवाज    
     पौष २५ गते २०८० मा प्रकाशित




तपस्वी रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वनिक गरेको हो ।

उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ ।

मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख भन्दाबढि रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीले बताएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।