पुस २५ पोखरा । एथलेटिक्सको विकासका लागि हरिबहादुर थापाको नेतृत्वमा पोखरा महानगरपालिका एथलेटिक्स संघ गठन भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिअन्तर्गत रहने गरेर थापाको नेतृत्वमा बुधबार ७ सदस्यीय कार्यसमिति बनेको हो ।
उपाध्यक्षमा गोपाल थापा, सचिवमा मनिषा अधिकारी, कोषाध्यक्षको जिम्मा रामबहादुर ढकाललाई दिइएको खेलकुद विकास समितिका सदस्य सचिव सुबास खड्काले जानकारी दिए । सदस्यमा श्यामबहादुर श्रेष्ठ, सर्मिला थापा, बिराज थापा चुनिएका छन् ।
पोखरा महानगरपालिका खेलकुद विकास ऐन, २०७५ ले महानगरस्तरीय खेल संघ गठन गर्न सकिने व्यवस्था गरेको छ ।
संघ गठन कार्यक्रममा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले खेलकुद क्षेत्रको विकास गर्न वडा तहसम्म समिति आवश्यक रहेको र त्यसैअनुसार समिति गठन गरिएको बताए ।
भलिबल, बास्केटबल, बुद्धिचाल, ह्याण्डबल क्रिकेट, जुडो, सेपाक्ताक्रोसहित १२ वटाभन्दा बढी संघ गठन भएको र यी समितिले काम गर्दा प्रतियोगिता आयोजना र व्यवस्थापन सहज भएको उनले सुनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







