पुस २७ पोखरा । राष्ट्रिय भलिबल टिमकी खेलाडी लक्ष्मी गुरुङ बाटुलेचौरमा सम्मानित भएकी छिन् ।
हिमालय क्लवको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा क्लबद्वारा स्थापित स्व.उदय बहादुर बस्नेत स्मृति भलिबल खेलाडी पुरस्कारबाट गुरुङलाई सम्मान गरिएको हो । गुरुङलाई स्व उदय बहादुर बस्नेतकी धर्मपत्नी गणेश कुमारी बस्नेत, क्लवका संस्थापक अध्यक्ष तिर्थ तामाङ, मानार्थ सदस्य कुमार खड्काले सल, प्रमाण पत्र र नगद १० हजार प्रदान गरे ।
कार्यक्रममा प्रमुख अतिथि तामाङले भलिबल खेलबाटै उदाएको क्लवले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भुमिका खेलेको बताए ।
क्लवका अध्यक्ष शुसिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य बेनी बहादुर बस्नेत, निवर्तमान अध्यक्ष मोहन थापा, पुर्व अध्यक्ष तारा प्रसाद तिमिल्सिना, सहसचिव तुल ब बस्नेत, सहकोषाध्यक्ष लक्ष्मी पौडेल लगायतकाले बोलेका थिए ।
कोषाध्यक्ष पुष्पराज अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रमको सञ्चालन सचिव शिवराज देवकोटाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







