पुस २७ पोखरा । कास्कीमा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ ।
शुक्रबार भएको खेलमा गल्कोट नगरपालिकाले शुक्लागण्डकी नगरपालिका तनहुँलाई, चापाकोट नगरपालिका स्याङजाले ताराखोला गाउँपालिका बाग्लुङलाई, बौदीकाली गाउँपालिका नवलपुरले माछापुच्छ्रे गाउँपालिका कास्कीलाई, चापाकोट नगरपालिका स्याङजाले पुन निसीखोला गाउँपालिका बाग्लुङलाई, कालीगण्डकी गाउँपालिका स्याङजाले भिमाद नगरपालिका तनहुँलाई, र अन्नपुुर्ण गाउँपालिका कास्कीले रुपा गाउँपालिका कास्कीलाई पछि पर्दै आगामी यात्रा तय गरेका छन् ।
शुक्रबार गल्कोट र कालीगण्डकी विच भएको अन्तिम क्वाटर फाईनल खेल लाईट पोटेष्टका कारण शनिवार ९ बजे सम्मका लागि स्थगित गरिएको छ । अन्तिम क्वाटर फाईनल खेल विजेताले अन्नपुर्ण गाउँपालिका कास्कीसंग शनिवार हुने दोस्रो सेमिफाईनल खेलमा भिड्नेछ भने प्रथम सेमिफाईनलको खेल बौदीकाली गाउँपालिका र चापाकोट नगरपालिका स्याङजाविच शनिवार बिहान १० बजे हुने खले उप–संयोजक जापान गुरुङले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०/५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छ्रे– ३, घाचोक मेधराज मा.विको खेल मैदानमा बुधबारबाट सुरु भएको हो । प्रतियोगिता २८ गते सम्म सञ्चालन हुने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







