२३ औं आहा रारा पोखरा गोल्डकप : चरक मेमोरियल हस्पिटलको साथ


     एभरेस्ट आवाज    
     पौष २८ गते २०८० मा प्रकाशित




पुस २७ पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई चरक मेमोरियल हस्पिटल प्रालि, पोखराले साथ दिएको छ ।

प्रतियोगिताको सव–कोस्पोन्सर रुपमा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक कपिल पोखरेल र आयोजक सहारा क्लब पोखरातर्फबाट अध्यक्ष केशवराज बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पोखरा–८, नागढुंगास्थित चरक मेमोरियल पोखराको सुविधासम्पन्न अस्पतालमध्ये एक हो ।

यसैबीच, अनलाइन खबरले प्रतियोगिताको टेक्स लाइभ गर्नेछ । सो सम्बन्धमा अनलाइन खबरका गण्डकी प्रदेश ब्यूरो प्रमुख अमृत सुवेदी र क्लब अध्यक्ष बरालबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो फुटबल प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भारतको दिल्ली फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिमले भाग लिने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।

१२ दिनसम्म चल्ने प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिताबाट बचत क्लबबाट दोबिल्लामा संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए । एकेडेमीमा हाल चौंथो व्याचको लागि ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।