साङ्केतिक तस्विर
पुस २८ पोखरा । पोखराको महेन्द्रपुलमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् ।
महेन्द्रपुलस्थित मोबाइल टावर अघि एक युवाले चक्कु प्रहार घाइते उनलाई उपचारका लागि मेडिप्लस हस्पिटलमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शनिबार महेन्द्रपुलस्थित मोबाइल प्रोमोटरहरुको बनभोज कार्यक्रममा सामान्य विवाद भएपछि उनले चक्कु प्रहार गरेको स्रोतले जानकारी दियो । चक्कु प्रहारबाट घाइतेको उनको काँध र ढाड बिचको भागमा चोट लागेको जनाइएको छ ।
चक्कु प्रहार गर्ने र घाइते दुबैको विवरण खुल्न बाँकी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







