नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीको अध्यक्षमा पौडेल र लामिछानेको दाबेदारी


     एभरेस्ट आवाज    
     पौष २९ गते २०८० मा प्रकाशित




पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि शिक्षक नेताहरुले आन्तरिक ’लविङ्’ तीव्र पारेका छन् ।

पौष २७ गतेदेखि पोखरामा जारी संगठनको प्रहिलो प्रदेश अधिवेशनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित ३७ सदस्यीय समिति निर्वाचित गर्ने छ । महाधिवेशन चलिरहदैं गर्दा अन्य पदहरुको तुलनामा अध्यक्ष पदका प्रत्यासीहरुको दौड धुप शुरु भएको छ ।

संगठनको अध्यक्षमा कास्की जिल्ला अध्यक्ष रोमहर्षण पौडेल र वर्तमान कार्यवाहक अध्यक्ष हरिबहादुर लामिछानेले दाबी गरेका छन् । कार्यवाहक लामिछाने भएपनि कास्की अध्यक्ष पौडेल संगठनमा बलियो रहेको बताईन्छ ।

कास्की जिल्ला समितिका वहालवाला अध्यक्ष पौडेल प्रदेश समितिको अध्यक्षको दौडमा छन् । पौडेलले कोरोना कालमा संगठनको डिजिटल अभियान सञ्चालन गरेकाले उनी शिक्षकहरुीच लोकप्रिय रहेको उनी पक्षीयको दाबी छ । कार्यवाहक अध्यक्ष लामिछानेले भने आधा कार्यकाल मात्र काम गर्न पाएको, संरचना नै नभएको अवस्थामा संरचना बनाउँदैमा समय गएको हुँदा एक कार्यकाल निर्वाचित भएमा प्रदेशलाई नयाँ उचाईमा पु¥याउने सपना साकार पार्ने हुटहुटी भएको सो पक्षको दाबी छ ।

यसअघि नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आएका लामिछाने संगठनमा चुनाव भएपनि वा सर्वसम्मत भएपनि एकपटक पूर्ण अध्यक्ष बन्ने भन्दै मैदानमा उत्रिएको बताउँछन् ।

देशको संरचना परिवर्तन भएको अवस्थामा बदलिएको शिक्षकका मुद्धाहरु हल गर्न नेतृत्व रुपान्तरण आवश्यक रहेको बताउँदै अध्यक्षका दावेदार रोमहर्षण पौडेलले ’कुटनीतिक’ जवाफ दिए । ’संगठनमा कसको नेतृत्व हुने भन्ने कुरा आवश्यकताले निर्धारण गर्ने हो,आम शिक्षकको चाहनाले मलाई यो ठाउँ सम्म ल्याईपुर्यायो ’म त अहिले अधिवेशनको आन्तरिक तयारीमा ब्यस्त छु।’पौडेल थप विचार व्यक्त गरे ।

‘अध्यक्षको प्रतिस्पर्धामा चुनाव नै भयो भने?’ प्रश्नमा उनले भने, “सकेसम्म सर्वम्मत र कसै सहमति नभए लोकतान्त्रिक अभ्यासलाई अस्वीकार गर्ने कुरा त भएन ।” तर माथिललो नेतृत्व भने सरवसम्मति कै पक्षमा देखिएको हुँदा निर्वाचनको सम्भावना भने सम्भावना कम नै देखिन्छ ।

यसका अलावा अन्य प्रतिस्पर्धीहरु स्पष्ट रुपमा मैदानमा नदेखिए पनि केही नेताहरुसँग आन्तरिक ’लविङ’ गरिरहेकोले थप बलिया प्रतिस्पर्धी पनि आउन सक्ने संगठनका एक जना नेताले तर्क गरे ।

खुल्नमा आएका दुवै प्रतिस्पर्धीले भने आफ्नो दावी स्वभाविक रहेको कुराकानीमा बताएका छन् ।’कृयाशिलताको आधारमा मात्रै हैन शिक्षकहरु बिचको एकतालाई संस्थागत गर्न मेरो नेतृत्व खाँचो छ ।’ अध्यक्षका प्रत्यासी पौडेलले थप प्रष्ट पारे ।

अधिवेशन सकेसम्म आजै सर्वसम्मत प्रक्रिया मार्फत नेतृत्व चयन गर्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।