साङ्केतिक तस्विर
पोखरा । पोखराबाट पार्किङमा राखेको जीप चोरीमा संलग्न भएको आरोपमा प्रहरीले एक जना यूवकलाई पक्राउ गरेको छ ।
बुधबार पोखराको अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरि राखेको ग २ च २३४३ नम्वरको बलेरो जीप चोरीमा संलग्न भएको आरोपमा पोखरा–१४ का गोविन्द परियार (२०) पक्राउ परेका हुन् ।
राती साढे एक बजेको समयमा पार्किङमा राखेको जीप चोरी भएको सुचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जीप चलाईरहेको अवस्थामा पोखरा–१४ खाल्टेमसिना बस्ने २० वर्षिय परियारलाई पक्राउ गरेको हो ।
जीपसहित पक्राउ परेका परियारलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी श्रवणकुमार बिकले जानकरी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







