रोल्पा । शिक्षा, युवा तथा खेलकुद शाखा थबाङ रोल्पाले स्थानीय पाठ्यक्रममा आधारित रहेर मगर खाम भाषाको पाठ्यपुस्तक तयार गर्ने प्रारम्भिक प्रक्रिया अघि बढाएको छ ।
हिजो बसेको उक्त शाखाका पदाधिकारी तथा स्थानिय बुद्धिजिवीहरूको बैठकले प्रक्रिया अगाडी बढाउनका लागि उदय घर्तीमगरको संयोजकत्वमा ६ सदस्यीय पुस्तक मस्यौदा लेखन कार्यदल गठन गरेको हो ।
सदस्यमा साविक थबाङ गाविसबाट संयोजक घर्तीमगर, धनबहादुर रोकामगर त्यसैगरि साविक उवा गाविसबाट प्रेमप्रकाश घर्तीमगर,बोम बहादुर घर्तीमगर र साविक मिरुल गाविसबाट बेलबहादुर बुढामगर र बालिका बुढामगर रहेका छन् ।
शिक्षा शाखाको अगुवाइमा भएको बैठकमा वीर बलभद्र मावि थबाङका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा मस्यौदा लेखन कार्यदलका संयोजक घर्तीमगर, भानुभक्त मावि उवाका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डुकमन रोकामगर, हिमालय फूलबारी मावि मिरुलका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भीमबहादुर रोकामगर र हिमालय प्रावि उवाका प्रधानाध्यापक जीतपुरा पुनमगर लगायतको उपस्थिती रहेको थियो ।
कार्यदलले आगामी फागुन १५ गतेभित्र पुस्तकको मस्यौदा तयार गरी शिक्षा, युवा तथा खेलकुद शाखा थबाङ रोल्पामा पेस गर्ने र विज्ञ तथा शैक्षिक सरोकारवालाहरूबाट थप राय र प्रतिक्रिया लिई पुस्तकलाई अन्तिम रूप दिनेछ ।
फलस्वरूप शैक्षिक वर्ष २०८१ देखि थबाङ गाउँपालिकाअन्तर्गतका विद्यालयहरूमा कक्षा १ र ३ मा मगर खाम भाषाको नयाँ पाठ्यपुस्तक पठनपाठन हुने छ ।
त्यसै गरि मगर खाम भाषी लेखकहरूले कक्षा १ र ३ मा उपयुक्त हुने उत्कृष्ट मगर खाम भाषाका विशिष्ट लेखरचनाहरू तयार पर्नेछन । त्यसका लागि मेल् ठेगानासहित १४ गते साँझसम्म विधागत रूपमा कार्यदलले थोरै र गुणात्मक लेखरचनाहरूको आह्वान गर्ने तयारी थालेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







