राइजिङ स्टारबिरुद्ध कठीन जित निकाल्दै आर्मी आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा


     एभरेस्ट आवाज    
     माघ १० गते २०८० मा प्रकाशित




माघ १० पोखरा । मोफसलको राइजिङ स्टार फुटबल क्लव नवलपुरबिरुद्ध नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले कठीन जित हात पारेको छ । सहारा क्लव पोखराले आयोजना गरेको २३ औं आहा ! रारा पोखरा गोल्डकप अन्तर्गत बुधबार पोखरा रंगशालामा भएको प्रतियोगिताको दोश्रो खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लवले राईजिङ स्टारबिरुद्ध १–० को कठीन जित हात पारेको हो । कप्तान भरत खवासले निर्णायक गोल गर्दै आर्मीलाई जित दिलाए ।

जितसँगै आर्मी आहा ! रारा पोखरा गोल्डकप प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने राईजिङ स्टार पहिलो खेलबाटै घर फर्किएको छ ।

प्रतियोगितामा पहिलो पटक आमनेसामने भएका आर्मी र राईजिङ स्टारबीच कडा प्रतिष्पर्धा भएको थियो । नया खेलाडी मैदानमा उतारेको आर्मीलाई जिताउन अनुभवी खेलाडी भरत खवासले निर्णायक गोल गरेका हुन् । उनले खेलको २७ औं मिनेटमा हेडर गोल गर्दै आर्मीलाई क्वाटरफाइनलमा पु¥याए । आफ्नै साथीले प्रहार गरेको क्रस बललाई मुश्किलले डाइभ गर्दै हेडर गोल गरेका हुन् ।

गोल खाएपछि राइजिङ स्टार थप आक्रामक रुपमा प्रस्तुत भएपनि गोल भने गर्न सकेन । प्रतियोगितामा पहिलो पटक सहभागि राईजिङ स्टारले आर्मीको डटेर सामना ग¥यो । जसका कारण आर्मी दोश्रो हाफमा रक्षात्मक बनेको थियो ।

बुधबारको खेलमा निर्णायक गोलकर्ता भरत खवास प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत विहीबार मच्छिन्द्रबिरुद्ध जावलाखेल उत्रिनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।