माघ १२ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा बुधबार विजेता घोषित भएका पोखरा–५ प्रस्र्याङका नविन लामा पुरस्कृत भएका छन् ।
बिहीबारको खेलमा मच्छ्रिन्द्र फुटबल क्लव र जावलाखेल यूथ क्लवविचको खेलमा मच्छिन्द्रले जित्ने अनुमान गरेका लामालाई पोखरा रंगशालामा पुरस्कृत गरिएको हो । उनलाई हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश केसीले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि. को उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरे ।
पोखरा रंगशालामा जारी प्रतियोगिताको बिहीबारबार मच्छिन्द्र फुटबल क्लवलाई जावलाखेल यूथ क्लजले १ –० ले पराजित गर्दै २३ औं आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा पुगेको थियो ।
रेडियोले प्रतियोगिता अवधिभर राखिने प्रश्नको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट प्रत्येक दिन सांझ ७ ः ३० बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा गोलाप्रथाद्वारा विजेता घोषणा गरिने एफएमका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकरी दिए ।
आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा सहभागि हुन बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने कार्यक्रम ‘पोखरा बोल्छ’ र ७ः३० बजेबाट प्रशारण हुने आहा ! रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा टेलिफोनमार्फत अनुमानित सहि उत्तर दिन सकिने श्रेष्ठले जानकरी दिए ।
यस्तै हिजो बिहीबार सोधिएको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट पोखरा–२२ पुम्दीकोटका यूनिक बराल विजयी भएका छन् । शुक्रबार भएको नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी बलको एपीएफविचको खेलमा पुलिसले जित्ने अनुमान गरेका बराल गोलाप्रथा मार्फत विजयी भएका हुन् ।
आज नेपाल पुलिस क्लवले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई २–० गोल पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
विजयी बराललाई शनिबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा भोलिदेखि क्वार्टरफाइनल खेलहरु शुरु हुनेछन् । क्वार्टरफाइनलको पहिलो खेलमा शनिबार विदेशी टिम भुटानको पारो एफसीबिरुद्ध थ्रीस्टार प्रतिष्पर्धामा उत्रिनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







