माघ १२ पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा एभरेस्टकर्मी सन्देश श्रेष्ठसहित सात जना पत्रकार सम्मानित भएका छन् ।
शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा एभरेस्टकर्मी श्रेष्ठ टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका हुन । उनीसँगै २०८० बाट आर्दश समाज दैनिकका पत्रकार प्रकाश ढकाल सम्मानित भए । सो पुरस्कारको राशी नगद रु. २० हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यस्तै, गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर) र २०८० बाट ओम हमाल (जनसंचार) सम्मानित भएका छन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट टंकराज अधिकारी (नेपाल समाचार पत्र) र उनीसंगै दिनानाथ बराल (कारोबार दैनिक) लाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको हो । सो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ ।
२० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी (समय समाचार डट कम) पुरस्कृत भएकी छन् ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित सबै पत्रकारलाई बधाई दिदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्ने आवश्यकतालाई औंल्याए । गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउने बताउँदै मुख्यमन्त्री पाण्डेले अबको हिउँदे अधिवेशनमा विधेयक पास हुने उल्लेख गरे ।
सामाजिक सञ्जालका कारण मुलधारका मिडियालाई प्रभाव पारिरहेको बताउँदै उनले मुलधारका मिडियाले नै सामाजिक सञ्जाललाई सही बाटोमा ल्याउनुपर्ने बताए । ‘सामाजिक संजालले जनमत सृजना गरेको छ, त्यो सकरात्मक हुनुपर्यो’, उनले थपे ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि महासंघ क्रियाशिल रहेको बताउँदै पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको पुरस्कारले पत्रकारिता क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहन मिल्ने बताइन् । पत्रकारिता क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने बाटोमा महासंघ अग्रसर रहेको उनको भनाई थियो ।
सम्मानितहरुको तर्फबाट बोल्दै कुलचन्द्र न्यौपानेले पत्रकार महासंघ कास्कीले आफु सहित ७ जना पत्रकारलाई सम्मान गर्दा पत्रकारिता क्षेत्रमा अझै क्रियाशिल भएर लाग्न प्रेरित गरेको बताए । पत्रकारिता क्षेत्रमा समस्या भएतापनि यस्ता पत्रकारिताका पुरस्कारबाट पत्रकारलाई सो पेशामा लाग्न प्रेरित गर्ने उनले बताए ।
सम्मानित भएका व्यक्तिहरुको विषयमा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले सम्मानित सबै पत्रकारको परिचय खुलाएका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनी लगायतले पत्रकारिता क्षेत्रको बारेमा आ–आफ्नो भनाई राखेका थिए ।
महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले उपस्थित सबैलाइ धन्यवाद व्यक्त गरेको सो कार्यक्रमको सचिव माधव बरालले कार्यक्रमको संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







