पोखरा । यही माघ १८ गतेबाट पोखरामा धनिरामको गोरू नाटक मञ्चन हुने भएको छ । पोखरा स्थित पद्याप्रेम थ्रियटरले आफ्नो पहिलो प्रस्तुतिका रुपमा धनिरामको गोरू नाटक मञ्चन गर्न लागेको हो ।
यही माघ २७ गते सम्म हुने नाटकका लागि टिमका सम्पुर्ण नाट्यकर्मीहरुले तयारी गरिरहेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । उक्त १० दिनमा १२ सो मंचनको तयारी भईरहेको थ्रियटरका अध्यक्ष सावित्रा पाठकले जानकारी दिईन् ।
उनका अनुसार प्रत्येक दिन बेलुका ५ बजेबाट नाटक मञ्चन हुने छ भने शनिबारको दिनपनि दिउँसो १ बजेबाट शो हुने छ । साथै नाटकलाइ बिद्यालय र क्याम्पसका बिद्यार्थी केन्द्रित गराउने योजना रहेकोले परिस्थिती अनुसार शोको समय थपिन सक्नेछ ।
नाटकका लेखक केदारनाथ पौडेलका अनुसार बिशुद्ध नेपालीपन, आफ्नो पन रहेको नाटकमा एउटा ग्रामिण समाज , त्यहाँका किशानका वास्तकि समस्या देखाउनुपर्छ भन्ने उद्देश्यका साथ यो नाटक लेखिएको छ ।
“नाटकमा किसानका पीडा, उनीहरुका दैनिकी जीवनयापन, जीवनशैली बोलीचाली, व्यवहार र लवज मिसाईएको छ, समाजमा रहेपछी त्यहाँ माया, सम्मान, शत्रु,मित्र सबै हुन्छन तरपनी त्यहाँ आफ्नो हुन्छ भन्ने कुरा यो नाटकबाट खोजिएको छ,” उनले भने, “पछिल्लो समय बढ्दो प्रविधी रहेको छ, प्रविधी लाई बिशानले पनी प्रयोग गर्नु पर्दछ, जानेर प्रयोग गर्दा के हुन्छ र नजानेर प्रयोग गर्दा के हुन्छ यो पनी नाटकमा देख्न सकिने छ ।”
लगभग १ घण्टा १५ मिनेट अवधी रहेको नाटक “धनीरामको गोरु” केही बर्ष अगाडी पोखरा स्थित गण्डकी प्रज्ञा प्रतिस्ठानको भानुहलमा गण्डकी प्रज्ञा उत्सबमा इण्द्रेणी थिएटरले मंचन गरेको थियो ।
कपील शर्माले निर्देशन गरेको नाटकको मुख्य पात्रमा दिल प्रसाद गुरुङ, दिव्य अमृत, विभु प्रसाद भुसाल, साबित्रा पाठक (सबु), ज्योति हमाल, सितला अधिकारी, सुमन कार्की, रामहरी अधिकारी, अर्जुन गुरुङ, पवन बि.क, अभिशेक भुसाललाई विभिन्न पात्रमा देख्न सकिने छ भने नेपथ्यमा मंच परिकल्पना पोस्टर डिजाईन केदारनाथ पौडेलले गर्ने छन् ।
त्यसैगरि संगित, प्रकास परिचालकमा रमेस तिमल्सिना र दीपेन्द्र पौडेल, रंगमंच सजावट सितला अधीकारी र व्यवस्थापन जय चापागाईंको कला रहनेछ ।
पद्यापे्रम थ्रियटर “संस्कृतीको पहिचान हाम्रो अभियान” भन्ने उदेश्यले पोखरा १४ मा पाँच महिना अगाडी स्थापना भएको संस्था हो । कला र संस्कृतीको खानी रहेको प्रदेश, गण्डकी प्रदेशको बिशेषत नाट्य बिधा मार्फत हाम्रो घर, समाज, वरपर रहेका आफ्नै मौलीकतालाई मर्न नदिनु साथै संस्कृतीको पहिचान गर्नु पद्याप्रेमको मुख्य उद्देश्य रहेको छ ।
त्यती मात्र नभएर समाजमा बिकृती,कुसंस्कार, सामाजिक समस्या,लैङ्गिक असमानता,जातीय बिभेद जस्ता समस्याहरु रहेका छन्, त्यस्ता समस्यालाई नाटक तथा साहित्यका अन्य फरक बिधा मार्फत जनता, समाज, सरोकारवाला, स्थानीय सरकारलाई झक्झकाउने उद्देश्य साथ स्थापित संस्था हो । पद्याप्रेम थिएटरले फरक(फरक बिधा नाटक, कथा, कविता, प्रस्तोता नृत्य, संगित जस्ता बिधालाई समेट्दछ ।
लगभग एक दशक देखी मिडीया, शिक्षाक्षेत्र र रंगमंचमा चासो राखी सिकाईको लागी सधैब तत्पर रहने महिलाहरुको संलग्नतामा स्थापित संस्था हो पद्याप्रेम थिएटर । कला मार्फत व्यक्त गर्न र दिन खोजिएको सन्देश सहज रुपमा बुझाऊन सकिन्छ तसर्थ गलत कुरालाई रोक्न र आफ्नो परम्परालाई लोप हुन नदिनलाई नेपालका सबै प्रदेशका स्थानीय सरकारसंग समन्वय गरी सचेतना मुलक काम गर्ने अभियान रहेको जनाईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







