अमेरिकी खर्बपति व्यापारी जेफ बेजोसकी पूर्व पत्नी म्याकिन्जे स्कटले ४ महिनामा ४ अर्ब डलरभन्दा धेरै रकम दान गरेकी छिन् ।
६० अर्ब ७० करोड डलर नेटवर्थकी धनी स्कट विश्वको १८ औं धनाढ्य व्यक्तिमा पर्छिन् ।
गत वर्ष स्कटले आफ्नो सम्पत्ति दान गर्छु भनेर कबोल गरिने ‘गिभिङ प्लेज’ नामक एक सार्वजनिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेकी थिइन्।
‘गिभिङ प्लेज’ संसारका अतिधनाढ्य व्यक्ति र परिवारहरूले आफ्नो सम्पत्तिको ठूलो भाग समुदायको हितका लागि दान गर्नेछौं भनेर सार्वजनिक रूपमा व्यक्त गरिने एउटा प्रतिबद्धता हो।
आपतकालीन राहत कोष तथा फूड बैंकलाई गरी उनले उक्त रकम दान गरेकी संचारमाध्यमले जनाएको छन्। महामारीका कारण हात मुख जोर्न समस्यामा परेका अमेरिकीलाई आफूले सहयोग गर्न चाहेको समेत उनले ब्लग पोष्टमा लेखेकी छन्।
यस वर्षको अहिलेसम्मको अवधिमा उनको सम्पत्ति २३ अर्ब ६० करोड डलर बढिसकेको छ। उनको अधिकांश सम्पत्ति पूर्वपति बेजोससँग पारपाचुके हुँदा पाएकी हुन्।
आफूले दानका लागि ३८० परोपकारी संस्था रोजेको उनले मंगलवार एक ब्लग पोष्टमा लेखेकी छन्।
उनले दिएको दान विशेषतः खाद्य सुरक्षाको उच्च संकटमा परेका, जातीय असमानताको अवस्था चर्को भएका, स्थानीय गरिबीदर उच्च रहेको र परोपकारी संस्थाबाट प्राप्त हुने रकममा कमजोर पहुँच भएका समुदायहरूमा केन्द्रीत रहेको बताइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







