साङ्केतिक तस्विर
पोखरा । पोखरामा मादक पदार्थ सेवन गरि झै–झगडा गर्दै समाजमा अशान्ति मच्चाएको अरोपमा ४ जना पक्राउ परेका छन् । गएराती पोखराको नागढुंगास्थित सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा आपसमा झै–झगडा गरि समाजमा अशान्ति मच्चाएको आरोपमा प्रहरीले उनीहरुलाई प्रक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका – ८ घर भई पोखरा–१५ बस्दै आएका यूवराज गुरुङ (२७), जीवन गुरुङ (३३), स्याङ्जा घर भई पोखरा –२ बस्ने सुल्सि गुरुङ भनिने कृतन गुरुङ (२५) र पोखरा–८ घर भई हाल पोखरा–१५ बस्दै आएका सुमन सुनार (२५) छन् ।
हो–हल्ला तथा आपसमा झगडा गरेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरि जिल्ला अदालत कास्कीबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







