पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगर कमिटी प्रचार तथा प्रकाशन विभाग को आयोजनामा शनिवार “प्रचार कार्यशाला” सम्पन्न भयो । कार्यक्रम प्रचार तथा प्रकाशन विभागका संयोजक लक्ष्मण तिमिल्सिना को अध्यक्षतामा भएको थियो ।
प्रचार कार्यशालामा संचारकर्मि दीपेन्द्र श्रेष्ठले संचार र प्रचारको महत्व, मिडिया रिलेसर प्रचार रणनीति, पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले संगठनात्मक पद्दति र बैठक संचालन तथा प्रदेश कमिटी सदस्य दिलीप विक्रम शाहीले द्वन्द्वात्मक भौतिकवाद बिषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तेजनारायण अधिकारी, महानगर कमिटीका उपाध्यक्ष मोहन गुरुङ, सचिव जीवन आचार्य, उपसचिव हरिमाया गुरुङ, सचिवालय सदस्य शेखर गौतम, नरेन्द्र नाथ ढुंगाना, दिनेश बाबु खड्का, महानगर कमिटीका सदस्यहरु, महानगर प्रचार तथा विभागका सदस्य कमिटी सदस्य, प्रेस चौतारी कास्की का सचिवालय सदस्य राजु गिरी र पत्रकारहरु र पोखरा महानगरपालिका ३३ वटै कमिटी का सचिव, प्रकाशन विभाग प्रमुख सहभागि रहेको थियो । कार्यक्रम सन्चालन महानगर कमिटीको प्रचारप्रसार तथा वडा कमिटी ५ का सचिव लक्ष्मण बरालले आयोजना गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







