पोखरा संस्कारले गर्‍यो विरुवामा गोडमेल तथा मलजल


     एभरेस्ट आवाज    
     माघ २७ गते २०८० मा प्रकाशित




पोखरा । लायन्स क्लव अफ पोखरा संस्कारले गत साउनमा रोपिएका विरुवाहरुमा गोडमेल तथा मलजल गरेको छ ।

शनिबार क्लवले गत साउनमा पोखरा–१७ स्थित पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा रोपिएका विरुवाहरुको गोडमेल तथा मलजल गरेको हो । वृक्षरोपणसंगसंगै यसको हेरचाहपनि आवश्यक रहने भन्दै गोडमेल कार्यक्रम गरिएको क्लवका सह-कोषाध्यक्ष तथा कार्यक्रम संयोजक भोजराज लामिछानेले जानकरी दिए ।

क्लवका अध्यक्ष नन्दप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्यामकृष्ण रेग्मी, धन्यवाद रामजी पोखरेल र सञ्चालन बलराम शर्माले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।