साङ्केतिक तस्विर
पोखरा । पोखरामा यात्रुको बाटो छेकी लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत शनिबार पोखराको सभागृहचोकमा राती १० बजेको समयमा यात्रुहरुको बाटो छेकी लुटपाट गरेको आरोपमा स्याङ्जा स्थायी घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्दै आएका आर्दश देवकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
देवकोटासहित ३ जनाको समूहले सडकमा हिडिरहेका एक जनालाई गाली गलौज गर्दै डर देखाएर उनको साथमा भएको एक हजार ३ सय लुटेर फरार भएको अवस्थामा वडा प्रहरी कार्यालय वैदामबाछ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न अन्य दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका देवकोटालाई सार्वजनिक हित, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







