माउन्ट अन्नपूर्णमा सरस्वती पुजा तथा अक्षरारम्भ सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन २ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको माउण्ट अन्नपूर्ण मा.वि. मा बसन्त पञ्चमीका अवसरमा सरस्वती पुजा तथा अक्षराम्भ सम्पन्न भएको छ ।
बुधबार पोखरा नदिपुस्थित भि.सि. मार्गमा अवस्थित माउण्ट अन्नपूर्ण मा.वि. बसन्त पञ्चमीका अवसर सरस्वती पुजा तथा साना बालबालिकाहरुका लागि अक्षराम्भ गराइएको हो ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावकसाथै स्थानीयहरुले पूजा आरधना सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले आजको शिक्षा प्रणाली बालमनोविज्ञानमा आधारित हुनुपर्नेमा जोड दिए । उनले विद्यालयले बालमनोविज्ञानमा आधारित आधुनिक शिक्षा प्रणालीमा विशेष जोड दिइरहेको बताए ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष एस. पि. प्रधानाङ्ग, पूर्व अध्यक्ष चिजकाजी गुरुङ, शैक्षिक निर्देशक अशोक श्रेष्ठ, प्रशासक चित्र गुरुङ लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।