सारङ्गीलाई देशको मुख्य बाजा बनाउने १२ वर्षीया प्रकृति गायकको चाहना


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा हेम्जाकी प्रकृति गायक १२ वर्षकी भइन् । ६ कक्षामा पढ्दै गरेकी प्रकृति गन्धर्व सारङ्गी संरक्षण पाठशालामा सारङ्गी बजाउन सिकिरहेकी छन् । उनी शुक्रवार पोखरा फेवा ता किनारमा चलिरहेका सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ‘कथा भन्ने सारङ्गी’ सत्रमा उनी सारंगी वादक तथा गायक चित्रबहादुर गन्धर्व र हरिबहादुर गन्धर्वसँगै स्टेजमा उभिएकी थिइन् । चित्रबहादुर र हरिबहादुरले सारङ्गीमार्फत दुलही रुवाउने धुन, स्वस्थानी गाथा लगायतका गीत गाएका थिए । भने प्रकृतिले सारङ्गीमार्फत राष्ट्रिय गान र रेसम फिरिरि गीत गाएकी थिइन् ।

प्रकृतिले उक्त कार्यक्रममार्फत आफूले सारङ्गीलाई देशको मुख्य बाजा बनाउने हो भन्ने कुरा चिनाउन चाहेको बताइन् । किन सारङ्गी बजाउन लाग्नुभयो भन्ने प्रश्नमा प्रकृतिले भनिन्, ‘सारङ्गी बजाएर देशभरि नै हाम्रो मुख्य बाजा हो भन्ने कुरा चिनाउन चाहन्छु ।’

चित्रबहादुर गन्धर्वले राष्ट्रिय बाजा भनेकै सारङ्गी, बासुरी र पञ्चेबाजा भएकाले यसलाई लोभ हुनबाट रोक्नुपर्ने बताए । ‘यसको भविष्य नराम्रो बन्दैन हजुर । राम्रै बन्छ । कुनै किसिमको महोत्सवदेखि हरेक ठाउँमा पहिला हाम्रो संस्कृत भनेको बासुरी, सारङ्गी र बादल मात्रै हो । विदेशी बाजा आएर धेरै रमझम मात्र भएको हो । मन अलिकति लोभिएको मात्रै हो,’ उनले भने, ‘यो संस्कृति, हाम्रो राष्ट्रिय बाजा भनेकै सारङ्गी, बसुरी र पञ्चेबाजा । यसलाई लोभ हुन दिन कहिले पनि हुँदैन ।’

यसलाई संरक्षण गर्न ठाउँ ठाउँमा प्रशिक्षण गराइएको चित्रबहादुरले सुनाए । ‘लोभ हुन नदिने हामीले ठाउँ ठाउँमा कार्यक्रम गरिराखेको छौँ । ससाना नानीहरू प्रशिक्षण पनि दिइराखेका छौँ,’ उनले भने । हरिबहादुर र चित्रबहादुर लोक गीत गाउँदै नेपालका पश्चिमी भाग डुल्ने गर्छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।