साङ्केतिक तस्विर
पोखरा । पोखरामा अमेरिकन डलरको विचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
शनिबार पोखरा–१८ खपौदीबाट अमेरिकन डलरको विचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–५ घर भएका मेगबहादुर तामाङ (३१) लाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा घुम्न आएका उनको साथबाट प्रहरीले उनको साथबाट ५० अमेरिकन डलरको नोट ५ थान , र नेपाली बिस रुपियाँको नोट ४५० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







