फागुन ८ पोखरा । सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखरामा आयोजना हुँदैछ । प्रोफेसनल गल्फ संघको आयोजना तथा नेपाल गल्फ संघ गण्डकी र नेपाल गल्फ संघ कास्कीसँगको सहकार्यमा पोखराको हिमालयन गल्फ क्लबमा हुने प्रतियोगिता बुधबारदेखि शुरु भई तीन दिनसम्म जारी रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुने आयोजकको भनाई छ ।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता ५४ होलको हुने जनाइएको छ । काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्येको एक यस प्रतियोगितामा ५० जना खेलाडी सहभागि हुने प्रोफेसनल गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी दिए । प्रतियोगितामा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहने उनको भनाई छ ।
प्रतियोगितामा सूर्य नेपाल एनपीजीए म्याच प्लेका उपाधि बिजेता दीनेश प्रजापतिसहित पूर्व नम्बर एक खेलाडीहरु भुवन नगरकोटी र रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धनबहादुर थापा सहभागि हुँदैछन् । ‘उहाँहरु सबै उपाधि दाबेदार खेलाडी हुनुहुन्छ’–महासचिव आचार्यले भने । उनका अनुसार यस प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका एमेच्योर खेलाडी सद्भाव आचार्य पनि सहभागि हुँदैछन् । उनीपनि उपाधि दाबेदार मध्येका एक रहेको उनको भनाई छ । सदभाव यो सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि बिजेता हुन् ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई र सुवास तामाङ सहभागि नहुने आयोजकले जनाएको छ । भारतीय गल्फ टुरमा व्यस्त रहेको हुनाले यस प्रतियोगितामा उनीहरुको सहभागिता नहुने महासचिव आचार्यले प्रष्ट्याए ।
यो प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुने महासचिव आचार्यले जानकारी दिए । प्रतियोगितामा २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान पक्का गर्नेछन् । एमेच्योर खेलाडीको हकमापनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउने उनले बताए ।
नेपाल गल्फ संघ गण्डकीका अध्यक्ष ईन्द्रधारा विष्टले प्रतियोगिताले पोखरा र समग्र गण्डकीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । गल्फले गुणस्तरीय पर्यटकको आगमनमा बृद्धि ल्याउँछ,उनले भने,‘अवश्यपनि यस प्रतियोगिताले पर्यटनको विकासमा गुणात्मक पर्यटकको आगमनमा बृद्धि ल्याउँछ ।’
प्रतियोगिताको बिजेताले १ लाख ४० हजार, द्वितीय हुनेले ९६ हजार, तृतीय हुनेले ७२ हजार, चौथो हुनेले ५९ हजार र पाचौं हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरलाईपनि नगदसहित मेडल प्रदान गरिने महासचिव आचार्यले जानकारी दिए । हात पार्ने छन।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







