आगामी वर्ष पोखरा डल्फिनको नेतृत्व खड्काले गर्ने


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०८० मा प्रकाशित




पोखरा । लायन्स क्लब अफ पोखरा डल्फिनको आगामी लायन वर्ष २०२४/०२५ लागि गोविन्दबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

लायन्स अन्तराष्ट्रिय डिस्ट्रीक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लव अफ पोखरा डल्फिनको शुक्रबार ११ औैं वर्षको लागि खड्काको अध्यक्षतामा आगामी वर्षका लागि नयाँ कार्यसमित चयन गरिएको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष सुरेन्द्र बराल, द्वितिय उपाध्यक्षमा शेरबहादुर राना, तृतिय उपाध्यक्षमा खिमलाल बराल, सचिवमा गणेश बहादुर थापा, कोषाध्यक्षमा वामदेव पौडेल, सह– सचिवमा शिवराज रेग्मी, सह कोषाध्यक्षमा योगेन्द्र राज भण्डारी चयन भएको क्लवका पूर्व अध्यक्ष ऋषि गिरीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।