सहाराले मनायो २७ औ वार्षिकोत्वस


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा-९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले २७ औ बार्षिकोत्वस तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह सम्पन्‍न गरेको छ ।

फाल्गुन ११ गते शुक्रवार पोखरा महानगरपालिका वडा नः९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतित्थ्यतामा सञ्चालित कार्यक्रको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकालीले गरेका थिए ।

पोखरा महानगरपालिका र शिक्षा महाशाखाको संयुक्त सहयोगमा निर्माण भएको सभाकक्ष पनि सोहि अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । सोहि कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौको स्पेसल अवार्डबाट सम्मानित अग्रज फोटो पत्रकार सुदर्शन रञ्‍जितले उक्त अवार्डको रकममा केही थप गरि विद्यालयलाई रु तीस हजार बरावरको फर्निचर सामाग्री सौजन्य स्वरूप प्रदान गरेका थिए ।

सहारा आ.वि.मा हरिगोपाल गणेशमाया स्मृती अक्षयकोषका दाता समेत रहेका रञ्जितले सोहि अवसरमा खेलकुद पत्रकार मञ्‍च गण्डकीका अध्यक्ष दिननाथ बराललाई अवार्ड रकमको रु.पच्चिस हजार मञ्चको अक्षयकोष सञ्‍चालनका लागि हस्तान्तरण पनि गरेका थिए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत जीवनप्रसाद रेग्मीको विशेष उपस्थिती रहेको कार्यक्रममा विद्यालयलाई विभिन्न तवरबाट सहयोग प्रदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष जयलाल पुन, संस्थापक सदस्य गोपाल गुरुङ, अक्षयकोष दाताहरु वसन्त चालिसे, हेमराज चालिसे, ठाकुरप्रसाद काप्रि, विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने दाताहरुः हिरा घले, पहार ट्रष्ट, सिता माया राना, त्रिभुवन बानिया, सुर्यकुमार राजभण्डारी, खेमानन्द पोख्रेल र सिता भुषाललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा खेलकुद पत्रकार मञ्‍च गण्डकीका अध्यक्ष दिन्नाथ बराल, चिल्ड्रेन नेपाल पोखराका कार्यकारी अधिकृत डिल्ली पौडेल, शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ, सहारा क्लब पोखरा अध्यक्ष केशवराज बराल, वडा -९ का वडा सचिव कुलराज पौड्याल, संस्थापक अध्यक्ष जयलाल पुन, वडा सदस्य लक्ष्मी पहारी, वडा सदस्य तथा निवर्तमान विद्यालय संयोजक नन्दराम गिरिले विद्यालयको बारेमा चिन्ता र चासो व्यक्त गर्दै शिक्षाको गुणस्तर बृद्विमा सबैको चासो हुनुपर्ने धारणा ब्यक्त गरे ।

विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्‍चालन गरेको उक्त कार्यक्रमा प्रमुख अतिथी वडा अध्यक्ष दिपन्द्र मर्सानीले विद्यालयको भौतिक पाटो, विद्यालयलाई प्रविधिमैत्री र बाल मैत्री वनाउन स्थानीय तहले सक्दो प्रयास गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए साथै विद्यालयका शिक्षक द्वय शारदा पौडेल र सुदिप कोइरालालाई उकृष्ट शिक्षकको रुपमा सम्मान गरिएको कार्यक्रममा विद्यालयको ५ वर्षे विद्यालय सुधार योजना वि।व्य।स अध्यक्ष, प्र।अ, शिक्षा महाशाखाका अधिकृत र प्रमुख अतिथिले सामुहिक रुपमा सार्वजनिक गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।