कर्मफ्लाइटसको निशुल्क स्वास्थ्य शिविरमा ४ सय भन्दा बढी लाभाम्वित


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०८० मा प्रकाशित




तनहुँ । शनिबार तनहुँको भानु नगरपालिकामा सम्पन्न भएको एक दिने स्वास्थ्य शिविरबाट करिव ४ सय भन्दा बढी स्थानिय लाभाम्वित भएका छन् । भानु नगपालिका वडा नं. ११ वडाको संयोजनमा र पोखरा स्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको प्राबिधिक सहयोगमा कर्म फ्लाइट्स फाउण्डेशन नेपाल र मित्रता युवा क्लब मनेचौकाले आयोजना गरेको उक्त शिविरमा सर्वधारणले सेवा लिएका हुन् ।

बिरामीहरुले सामान्य चिकित्सा परामर्श , हाड जोर्नी तथा नशा रोग ,महिला तथा स्त्रीरोग विशेषज्ञ, रेडियोलोगिस्ट साथै पूर्ण प्रयोगशाला सेवाहरू (रगतमा सुगर परीक्षण, पिसाबरयूटीआई र दिसा, फ्याटी लिभर ) इसिजी, भिडियो एक्सरे सेवा र प्रिस्क्राइब्ड औषधिहरु लगाएत सेवा निस्शुल्क प्रदान गरिएको संस्थाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद पाण्डेले जानकारी दिए ।

शिविरमा बिशेष गरि महिला स्वास्थ्यमा विशेष ध्यान दिइएको र स्थ्री रोग र समस्या भएका ६८ भन्दा बढी महिलालाई डा।नविना पौडेलको टोलीले विशेष उपचार प्रदान गरेको थियो।

विभिन्न प्रयोगशाला परीक्षण पश्चात १ सय १९ जनालाई रिफर गरिएको थियो भने १ सय जनालाई ईसीजी (मुटुको ) स्क्यान, १ सय २९ जनालाई भिडियो एक्सरे स्क्यानिङ, १ सय ६ जनाले हाड जोर्नी तथा नशा रोग सम्बन्धि परामर्श , २ सय ८३ जनाले सामान्य चिकित्सकसँग परामर्श लिएका थिए भने करिब ५० जनाले फोक्सोको जाच सेवा लिएका थिए जस मध्ये १० जना लाइ सिओपिडीको समस्या भएको औल्याइएको थियो ।

भानु नगरपालिकाका मेयर अनाद्रराज त्रिपाठी र वडा नम्बर ११ का अध्यक्ष विमलराज जोशीले संयुक्त रुपमा स्वास्थ्य शिविरको उद्घाटन गरेका हुन् । स्थानिय आयोजक अमृत थापा का अनुसार शिविरबाट स्वास्थ्य परामर्श,चेकजाँच सहित निशुल्क औषधि उपलब्ध भएकोमा आफु सन्तुष्ट भएको जनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।