फाइल तस्विर
पोखरा । पोखराको सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका यूवकलाई खोज्न भोलि सेतीको बाँध खोलिने भएको छ ।
नदीमा माछा मार्ने क्रममा गत आइतबार साँझदेखि बेपत्ता भएका पोखरा –१ सिम्पानीका सार्की लामा तामाङ (मानबहादुर)को खोजीका लागि भोलि नदीको बाँध खोलिने भएको जिल्ला प्रहरी कार्याल कास्कीले जनाएको हो ।
१४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ ।
प्रहरीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन एक सुचनामार्फत आग्रह गरेको छ ।
सुचनामा ‘भोलि बिहान ८ बजे पोखरा १६ दिप स्थित रहको ड्याम खोली सेती नदीमा पानीको बहाव बढाई खोजतलास गर्नु पर्ने भएकोले सो समयमा सेती नदीमा पानीको बहाफ बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







