भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा १/५ जिआर च्याम्पियन


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०८० मा प्रकाशित




पोखरा । भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा १/५ जिआर च्याम्पियन बनेको छ । भारतीय पेन्सन बितरण कार्यालय रामबजार पोखराको आयोजनामा बिहिबार सम्पन्न भएको पाचौ संस्करणको भलिबल प्रतियोगितामा पेन्सन वितरण कार्यालय (पिपिओ) लाई ३ –१ सेटमा पराजित गर्दे १/५ जि आर च्याम्पियन बनेको हो ।
पहिलो सेटमा २५–२३ को जित निकाल्दै मैदान प्रवेश गरेको पिपिओले लगातार ३ सेट २५–२०,२५–१४ र २५–२२ मा हार्दे उपविजेतामा चित्त बुझाउन पर्यो ।
च्याम्पियन बने संगै १/५ जिआरले नगद ५० हजार शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेताले नगद ३५ हजार र शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिताको समापन कार्यक्रममा भारतीय पेन्सन क्याम्प कार्यालय पोखराका प्रमुख लेफ्निेन्ट कर्णेल प्रशान्त सिहं बघेल, रिटार्यड मेजर गम बहादुर गुरुङ, गोर्खा बिग्रेड भूपू समितिका अध्यक्ष रिटार्यड कर्णेल कृष्ण बहादुर खत्री, एभरेष्ट बैकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम, नेपाल एसबिआई बैकका गण्डकी प्रदेश प्रमुख मिन बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थियो ।
फागुन ९ गते देखि शुरु भएको प्रतियोगितामा १९ टिमले भाग लिएको क्याम्पका जन सम्पर्क अधिकृत भारतभुषण पाण्डेले बताएका छन् । प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार क्रमश नेपाल एसबिआई र एभरेष्ट बैकले प्रायोजन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।