फोनिजद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित


     एभरेस्ट आवाज    
     फागुन २० गते २०८० मा प्रकाशित




काठमाण्डौं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका विषयमा आन्दोलित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

फोनिजले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गर्न माग गर्दै घोषणा गरेको थियो ।

फोनिजले आज एक विज्ञप्ती जारी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले वार्ताको माध्यमबाट संस्थापक अध्यक्षको सन्दर्भमा उठेको विषय टुङ्गो लगाउने निर्णय गर्दै वार्ताका लागि औपचारिक रुपमा आह्वान गरेपछि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको सचिव समीर बेलामीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।