प्रधानमन्त्री प्रचण्ड र माधव नेपालविच भेटवार्ता


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित




फागुन २१ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पू्र्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटघाट भएको छ । प्रधानमन्त्री प्रचण्ड अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गर्न आज साँझ उनको निवास कोटेश्वर पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डका साथमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहेएका छन् । उनीहरुबीच पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफलसमेत भएको बताइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।