पोखरा । कास्की नेत्रहिन संघको आयोजनामा अपाङ्गता भएका महिलाहरूलाई कानुनि सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ , प्रविधिमा पहुँच र उनिहरूको सशक्तिकरण सम्बन्धिको एक गोष्ठि आज संपन्न भएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रिय सदस्य तथा साहारा आधारभूत् विध्यालयका प्रअ लोचना अधिकारी र अधिबक्ता भूवन पराजुलीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेश सभाकी सांसद सरस्वती गुरुङ्गले आफूले प्रदेश सभामा अपाङ्गताका मुद्दाहरूलाई विशेषरूपमा उठाइरहेको र आगामि दिनहरूमा पनि आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसंग जोड्ने माध्यम बन्ने प्रतिबद्धता व्यक्त गरे।
संस्थाका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा संपन्न कार्यक्रममा बत्तिस जना अपाङ्गता भएका महिलाहरु को सहभागी भएका थिए भने कार्यक्रम पोखरा महानगरपालिका वडा नंबर ५ मा अवस्थित श्री धर्मस्थली आधारभूत विध्यालयको सभाहलमा सञ्चालन भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







