विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य रेग्मी सम्मानित


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०८० मा प्रकाशित




फागुन २८ पोखरा । बागलुङ नगर पालिकाद्वारा स्थापित वीरशाली पन्त गौरवमय पुरस्कारबाट पोखरास्थित विन्दबासिनी संस्कृत विद्यापीठका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मी सम्मानित भएका छन् ।

वीरशाली पन्त स्मृति कोषले सोमबार एक कार्यक्रमका बीच विन्दबासिनी संस्कृत विद्यापीठका प्राचार्य डाक्टर जगन्नाथ रेग्मीलाई नगद रु. २५ हजार सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरिएको हो । सो पुरस्कार कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटा र बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले संयुक्तरुपमा प्रदान गरेका थिए ।

तत्कालीन मुलपालीको ढिकीचौरमा जन्मनु भएका नेपाली र संस्कृत साहित्यका मूर्धन्य स्रष्टा पन्तको स्मृतिमा २०७७ साल फागुन २८ गते बागलुङ नगरपालिकाको बैठकले स्मृति कोषमा ५ लाख रुपैया राखेर कोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट पुरस्कार प्रदान गरिएको कोषका संयोजक प्राज्ञ प्रेम छोटाले जानकारी दिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख खड्काले भाषा, कला, साहित्य र संस्कृतिको जर्गेनाका लागि बागलुङ नगरपालिकाले नगरपालिकाले सक्दो लगानी गर्ने बताए । पुरस्कृत डा. रेग्मीका दर्जन बढि भाषा, साहित्य, धर्म संस्कृति लगायत दर्जन बढि कृति प्रकाशित छन् ।

कार्यक्रममा सम्मानित व्याक्तित्व प्रा.डा. जगन्नाथ रेग्मी, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राः डा राम प्रसाद शर्मा, पुर्व नगर प्रमुख जनक पौडेल, वरिष्ठ साहित्यकार काजिरोशन, वीरशाली पन्त स्मृति कोषका सदस्य ज्ञानेन्द्रराज पन्त, समाजसेवी विश्वनाथ रेग्मी र बिना कार्की लगायतले बोलेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।