हेमजामा मादल बजाउने तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०८० मा प्रकाशित




पोखरा । महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम शुक्रबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिलाको छेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउदै महिलाको सक्रियताले उत्साहित भएको उल्लेख गरे।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ का सदस्य धन कुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ का अध्यक्ष दानबहादुर भुजेल, वडा बिज्ञ सदस्य मिना कुँवर, सहभागी बबिता आचार्य पौडेल र बुद्धदेबी कुँवरले बोलेका थिए ।

प्रशिक्षक सम्बर बहादुर गायकले दिएको तालिममा हेमजामा रहेका आमा समुहका प्रतिनिधिको सहभागीता रहेको थियो ।
महिला सञ्जालका अध्यक्ष अप्सरा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रिता त्रिपाठीले र सञ्चालन सचिव उमा भुर्तेल पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।