खानेपानी संस्थान विन्ध्यावासिनीको भवन शिलान्यास


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०८० मा प्रकाशित




पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखा अन्तर्गत विन्ध्यवासिनी इकाई कार्यालयको नयाँ भवन शनिबार शिलान्यास भएको छ । भवन शिलान्यास गर्दै नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले उपभोक्तालाई सेवा सहज बनाउने बताए । हाल भाडामा बसेको भवनबाट प्रभावकारी सेवा दिन नसकेको अवस्थामा संस्थानले आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको कार्यालय प्रमुख कार्कीको भनाई थियो ।

पोखरा महानगरपालिका वडा नं १, २, ३, ४, ११, १२, १६, १८ र १९ वडामा प्रभावकारी सेवा दिइरहेको उक्त कार्यालयले करिव १३ हजार संख्यामा रहेका धारामार्फत उपभोक्तालाई सेवा दिएको छ ।

पोखरा २ मिरुवामा बन्न लागेको भवन २०८१ भदौसम्ममा सम्पन्न हुने जानकारी प्रमुख कार्कीले दिएका थिए । कुल २ करोड ३५ लाख ८८ हजार ८ सय ८३ रुपैयाँको लागतको भवन शनिबार शिलान्यास भएको हो । निर्धारित समयमा काम सम्पन्न गर्ने सम्झौता गरेको बलदेव एकता जेभीले काम सुरु गरेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र परिसरमा रहेको कार्यालय हटेपछि संस्थानले भाडामा लिएर सेवा सञ्चालन गरिरहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।