नागरिक लगानी कोषद्वारा कास्की नेत्रहिन संघलाई सेतो छडी प्रदान


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित




पोखरा । नागरिक लगानी कोष पोखरा शाखाले कोषको ३४ औं वार्षिकोत्सबको अवसरमा कास्की नेत्रहिन संघलाई करिब पचास हजार बराबरको ६५ थान सेतो छडी प्रदान गरेको छ ।

पोखरा शाखा कार्यालयका प्रमुख नवराज गौतमले यही चैत्र ४ गते कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटालाई उक्त छडीहरु हस्तान्तरण गरेका हुन् । कोषले विगतमा पनि कास्की जिल्लाका विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको र यस वर्ष कोषको संस्थागत उत्तरदायित्व अन्तर्गतको सहयोग कास्की नेत्रहिन संघलाई उपलब्ध गराउने निर्णय बमोजिम उक्त सहयोग गरिएको प्रमुख गौतमले बताए ।

सहयोग सामाग्री ग्रहण गर्दै कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले कोषले नेत्रहिनहरुको आवश्यकतालाई मनन् गर्दै सेतो छडी उपलब्ध गराएकोमा खुशी ब्यक्त गर्दै कोषलाई विशेष धन्यवाद व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।