काठमाण्डौंका लागि छुटेको बस बाग्लुङमा दुर्घटना, २ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०८० मा प्रकाशित




बाग्लुङ । बागलुङको निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ ।

पश्चिम रुकुमदेखि काठमाण्डौंका लागी छुटेको बागमती प्रदेश ६ ख ३८७९ नम्बरको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिका अनुसार २ जनाको मृत्यु १६ बढि घाइते भएको बताइएको छ । मृत्यु र घाइते हुनेको संख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्सीले बताएका छन ।

मृतक र घाइतेको उद्धारका निम्ति नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको काम भइरहेको निसीबाट डिल्ली सापकोटाले बताए । बस मध्यपहाडी लोकमार्गदेखि करिब १५० मिटर तल खसेको छ ।

बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत यकिन भइनसकेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।