पोखरा । पोखरा ५ स्थित बाराही माध्यमिक विद्यालयमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
सिद्धार्थ क्लब पोखराको आयोजनामा गरिएको कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशिक रक्त संचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र के.सी र यमुना के.सीले रक्तदानको महत्व र आवश्यक्ताबारे अभिमुखिकरण गरेका हुन् ।
सोही अवसरमा विद्यालयका प्रधानाध्यापक शिव प्रसाद भण्डारीले क्लबले विद्यालयमा शैक्षिक, भौतिक सहयोगका कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराउँदै विद्यार्थीलाई मानवीय सेवाको पुण्य कार्यमा अभिप्रेरित स्वरुप यो कार्यक्रम निकट भविश्यमा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले स्थापना काल देखीनै रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान सम्बन्धी जनचेतना फैलाउदै आएको बताए । उनले विध्यालय केन्द्रित उत्प्रेरित अभिमुखिकरण कार्यक्रमले विद्यार्थी मार्फत परिवार र समाजनै रक्तदान गर्न उत्साहित रहने विश्वास व्यक्त गरे ।
क्लबका निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ यूनिट रगत संकलन…







