धादिङ त्रिपुरा बाराही महिला समूहले पोखरा–१२ काहुँभञ्ज्याङस्थित मदर टेरेसा होममा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ ।
समूहकी अध्यक्ष बबीता मल्ल इटनीको नेतृत्वमा होममै पुगेको टोलीले कपडा, खाद्यान्न र फलफूल सहयोग गरेको हो । सबै सामग्री ३५ हजार रुपैयाँ बराबरको रहेको अध्यक्ष मल्लले बताइन् ।
स्थापना दिवसको अवसर पारेर उक्त सहयोग गरिएको समूहकी सहकोषाध्यक्ष एव संयोजक रेञ्जु थापाले बताइन् । समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् ।
समूहले स्थापनाकालदेखि नै यस्तो प्रकारको रचनात्मक कार्य गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







