पोखरमा एकदिने जापानीज मार्सल आर्ट आइकिडो ट्रेनिङ्ग सम्पन्न


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा एकदिने जापानीज मार्सल आर्ट आइकिडो ट्रेनिङ्ग सम्पन्न भएको छ ।

जापानीज मार्शल आर्ट आईकिडो ,रोटर्याक क्लव अफ पोखरा गण्डकी मेडिकल कलेज ( जीएमसी ) को संयुक्त आयोजनामा एकदिने जापानीज मार्शल आर्ट आइकीडो ट्रेनिङ्ग शनिबार २२ जना मेडिकल विद्यार्थीहरुको साथमा सम्पन्न भएको हो ।

गण्डकी प्रदेश पोखराका मुख्य प्रशिक्षक तथा आईकिडो आइकिकाई संघ नेपालका सचिव विनय श्रेष्ठको सहयोगमा भएको ट्रेनिङ कार्यक्रममा आइकिडो खेल प्रति विशेष चासो लिने विद्यार्थीहरूको सहभागीता थियो ।

आत्मसुरक्षाको स्पोर्ट्स भएकोले आइकिडो खेल प्रति सबै विद्यार्थीहरूको उल्लेखनिय सहभागीता रहेको कार्यक्रम संयोजक रोटर्याक क्लव अफ पोखरा गण्डकी मेडिकल कलेज ( जीएमसी ) का अध्यक्ष अनुपा वाग्लेले जानकारी दिइन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।