लेखनाथ । लायन्स क्लव अफ लेखनाथको २५ औ साखा अधिवेशनले वर्ष २०२४÷२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको छ ।
लायन्सको विधि विधान अनुसार तिन महिना अगाडी नै नयाँ समिति चयन गर्नु पर्ने नियम अनुसार वि स २०८१ को असारबाट लागु हुने गरि पुर्व प्रहरी तथा ब्यवसायिक कृष्ण तिमिल्सेनाको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ समिति चयन गरिएको हो ।
निर्वाचन प्रक्रियाबाट छनोट भएको समितिको प्रथम उपाध्यक्ष डा.गृष्म मोहन भट्टराई,द्धितिय उपाध्यक्षमा बोधराज लामिछाने, तृतिय उपाध्यक्षा डम्बरूबल्लब चापागाई रहेका छन् भने अन्य पदमा भएका लागि मनोनित गरिएको थियो जसको सचिवमा तुलसी सापकोटा, कोषाध्यक्षमा भुवन श्रेष्ठ, सह–सचिवमा केदार लामिछाने, सह–कोषाध्यक्ष सुन्दर प्रसाद ढकाल, मेम्बरसिप चियरपर्सनमा डा.प्रकाश भट्टराई, सर्भिस चियरपर्सनमा चिरञ्जीवी तिवारी,मार्केटिङ्ग चियरपर्सनमा विष्णु बहादुर सुनार र एल सि आई एफ चियरपर्सनमा ओम प्रकाश पौडेल रहेको पुर्व अध्यक्ष शैलेन्द मोहन भट्टराईले जानकारी दिएका छन् ।
वर्ष २०२३÷२४ का अध्यक्ष रमनाथ पौडेको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले आफना भावी योजनाका वारेमा जानकारी गराएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







