पोखरा, चैत १३
नेकपा एमाले कास्कीको नया नेतृत्वका लागि मतदान शुरु हुँदैछ । आईतबारदेखि शुरु भएको अधिवेशनमा नया नेतृत्व चयनका लागि साँझ ७ बजेदेखि मतदान शुरु हुने भनिएपनि अहिलेसम्म शुरु भइसकेको छैन ।
एमाले कास्कीको नया नेतृत्वका लागि पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहको भिडन्त छ । दुबै समूहले आ(आफू अनुकुल पात्र प्यानलसहित उठाएका छन् ।
एमाले कास्कीको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । आगामी तीन वर्षे कार्यकालका लागि पिएस समूहबाट माधव बास्तोला र खगराज अधिकारी समूहबाट बैनबहादुर अधिकारी क्षेत्रीले उम्मेदवारी दिएका छन् । दुई समूहको भिडन्तमा विद्यार्थी नेता विवेक त्रिपाठीले चुनौति दिदै उम्मेदवारी दिएका छन् । तीन जनाको उम्मेदवारी परेपनि अधिकारी र बास्तोला बीच नै प्रतिष्पर्धा हुने विश्लेषण गरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा पिएस समूहबाट शिव आचार्य र खगराज समूहबाट भेषराज बरालबीच प्रतिष्पर्धा हुँदैछ । सचिवमा पिएस समूहबाट सुरेन्द्र गुरुङ र खगराज समूहबाट दर्शन लामाले उम्मेदवारी दिएका छन् । दुई उपसचिवमा पिएस समूहबाट राधिका शाही योगी र सीता परियार तथा खगराज समूहबाट लालबहादुरपरियार र सन्तु सुवेदीले उम्मेद्वारी दिएका छन् ।
पोखरा सभागृहमा जारी अधिवेशनमा ९ सय ३५ प्रतिनिधि सहभागी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







