एमाले कास्कीमा अधिकारी प्यानल नै बिजयी, मतसहित


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित




पोखरा, चैत १४

नेकपा एमाले कास्कीको नया नेतृत्वमा खगराज अधिकारी समूहको प्यानल नै बिजयी भएको छ । एमाले कास्कीको नया नेतृत्वका लागि पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच प्यानल बनाएरै प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धामा खरो उत्रिदै अध्यक्षमा अधिकारी समूहका बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल नै बिजयी बन्दा पृथ्वी सुब्बा समूह कमजोर रहेको पुष्टि गरेको छ ।

अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले प्रतिष्पर्धी माधव बास्तोलालाई २०४ मतान्तरले हराउँदै बिजयी भए । बिजयी अधिकारीले ५५१ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी माधव बास्तोलाले ३४७ मत प्राप्त गरे । अर्का प्रतिष्पर्धी विवेक त्रिपाठीले १७ मत प्राप्त गरे ।

उपाध्यक्षमा अधिकारी प्यानलका भेषराज बराल बिजयी भए । बरालले प्रतिष्पर्धी शिव आचार्यलाई १३९ मतले पछाडि पार्दै बिजयी भएका हुन् । बिजयी बरालले ५२७ मत ल्याएर बिजयी हुँदा प्रतिष्पर्धी आचार्यले ३८८ मत प्राप्त गरे ।

सचिवमा अधिकारी प्यानलकै दर्शन लामा बिजयी भएका छन् । लामाले प्रतिष्पर्धी सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

उपसचिव (महिला)मा अधिकारी प्यानलकै सन्तुदेवी सुवेदी बिजयी भएकी छन् । उनले प्रतिष्पर्धी राधिका शाही योगीलाई १६६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् । बिजयी सुवेदीले ५१० मत प्राप्त गर्दा योगीले ३४४ मत तथा अर्की प्रतिष्पर्धी संगीता सुवेदीले ६१ मत प्राप्त गरिन् । अर्को एक उपसचिवमै अधिकारी प्यानलकै लालबहादुर परियार बिजयी भए । उनले प्रतिष्पर्धी गीतादेवी विश्वकर्मालाई २४७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी परियारले ५८१ मत प्राप्त गर्दा पराजित विश्वकर्माले ३३४ मत प्राप्त गरे ।

खुल्ला ५ सदस्यमा झपट रानाभाट ५६७, ईमानराज पौडेल ५३५, तोरणबहादुर बानिया ५७७, बलराम पौडेल ५०८, मोहन सुवेदी ६१९ मत ल्याएर बिजयी भएका छन् ।
महिला ३ सदस्यमा उषा बरुवाल (५२९), कल्पना भवाँजी क्षेत्री (४९७) र विष्णु सुवेदी (५०५)मत ल्याएर बिजयी भए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।