नागबेली मार्ग सृजनशिल टोल विकास संस्थाको अध्यक्षमा गुरुङ


     एभरेस्ट आवाज    
     चैत्र १७ गते २०८० मा प्रकाशित




पोखरा । नागबेली मार्ग सृजनशिल टोल विकास संस्थाको अध्यक्षमा केमबहादुर गुरुङ चयन भएका छन् । पोखरा–१५ स्थित नागबेली मार्ग सृजनशिल टोलविकास संस्थाको शनिबार सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा चम्पादेवि रानाभाट, सचिवमा रामचन्द्र क्षेत्री, कोषाध्यक्षमा जिवनी श्रेष्ठ र सह–सचिवमा हरिलाल आचार्य चयन भएका छन् ।

यस्तै सदस्यहरुमा हरि पोखरेल, पोतबहादुर खड्का, मनकुमारी छन्त्याल, टेकबहादुर थापा चयन भएको निर्वाचन मण्डल संयोजक भीमप्रसाद पौडेलले जानकारी दिए । निर्वाचन मण्डलमा गणेश बहादुर गुरुङ, चनमन श्रीमल सदस्य थिए ।

यसअघि कार्यक्रमको पोखरा–१५ का वडाध्यक्ष तोरण बहादुर बाँनियाले उद्घाटन गरेका थिए । कार्यक्रममा वडा सदस्य मन्दिरा परियारले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै टोलको विकासमा लाग्न आग्रह गरिन् । संस्थाका अध्यक्ष केमबहादुर गुरुङको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र क्षेत्रीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।