कास्कीको अन्नपूर्ण–४ भदौरे सल्लाघारीमा जीप दुर्घटना, २ को मृत्यू, १० घाईते


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८० मा प्रकाशित




पोखरा, चैत १८

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ मा आज भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । पोखराबाट कास्कीको सल्यानतर्फ जाँदै गरेको ग।१ज।५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको सल्लाघारी नजिकैको थामडाँडामा आज दिउँसो ३ः३० बजे दुर्घटनाहुँदा २ जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा पोखरा९२३ पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यू भएको कास्कीका निमित्त प्रहरी प्रवक्ता सूर्यबहादुर थापा मगरले जानकारी दिए ।

दुर्घटनामा अन्य १० जना घाईते भएको उनले बताए । घाईतेहरुको उद्धार गरि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा ल्याएर उपचार भइरहेको छ । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानिय खटिएका थिए ।

घाइते हुनेहरुमा सवारीचालक अन्नपूर्ण–४ का धनराज सुनार (२२), सुशिला सुनार (३५), सोनिशा सुनार (१५, राज कुमार बि.क. (४१), देउमाया के.सी. (५०) र २२ महिनाका बालक सुप्रिम सुनार छन् ।

यस्तै पोखरा २३ का लक्ष्मण कामी (५८) ,अन्नपूर्ण– ५ सल्यानका आरुष बि.क. (७), प्रकाश सुनार (३५), राम प्रसाद सुनार (६०) घाइते भएका हुन् ।

दुर्घटनाग्रस्त जीप सडकबाट करीब २ सय मिटर तल खसेको अवस्थामा छ । घुम्ती भएको साँघुरो बाटोमा विपरित दिशाबाट आउँदै गरेको जीपलाई साईड दिदा दुर्घटना भएको बताइएको छ । मोटरसाइकल चालकले भने तिव्र गतिमा रहेको जीपका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताएका अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ भदौरेका अध्यक्ष आईन्दन गुरुङले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।