फाइलत तस्विर
पोखरा, चैत २०
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत नमाग्ने भएका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने थियो । तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएनन् । त्यसैले उनले विश्वासको मत माग्नका लागि सूचना पठाउने समय घर्कीसकेको छ ।
यद्वपी उनले मंगलबार साँझसम्म राजिनामासमेत दिएका छैनन् । मुख्यमन्त्री निकट श्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले बुधबार वा विहीबार राजिनामा दिदैछन् । यसअघि मंगलबार नै राजिनामा दिने भनेर हल्ला चलाइएपनि उनले राजिनामा दिएनन् ।
यसैबीच, कांग्रेसले नया बन्ने सरकारका लागिपनि दाबी गर्ने भएको छ । विश्वासको मत नपाउने निश्चित भएपछि राजिनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नया सरकारमापनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डेले मंगलबार पोखरामा उपलब्ध कांग्रेसका प्रदेश सभा सदस्यहरुसँग छलफल गरेका थिए । छलफलमा उनले विश्वासको मत नपाउने अवस्थामा संवैधानिक प्रक्रिया अनुसार मार्ग प्रशस्त गर्न लागेको जानकारी गराएको प्रदेश सभा सदस्य प्रकाश बरालले जानकारी दिए । मुख्यमन्त्रीलाई उद्धृत गर्दै सांसद बरालले भने,‘यथास्थितिमा विश्वासको मत पाउने अवस्था छैन । त्यसैले म संवैधानिक प्रक्रिया अनुसार माग प्रशस्त गर्दैछु ।’
त्यसपछि मुख्यमन्त्री पाण्डेले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सुझाव मागेका थिए । सहभागी प्रदेश सभा सदस्यहरुले नया सरकारमा दाबी गर्न सुझाव दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए । ‘सम्भव भएसम्म नया सरकारका लागि प्रयास गर्न उहाँहरुको सुझाव थियो चाहे त्यो उपधारा २ वा उपधारा ३ अन्तर्गतको’–उनले भने ।
प्रदेश सभा सदस्य बरालले नया सरकारका लागि हरसम्भव प्रयास गर्न सांसदहरुबाट सुझाव आएको जानकारी दिए । त्यसमा मुख्यमन्त्रीपनि सकारात्मक देखिएको उनले बताए । ‘नया सरकारका लागि हरसम्भव प्रयास गर्ने कुरा भयो । त्यो कांग्रेसले होस् वा नया गठबन्धनबाट । त्यो स्वाभाविक हो’–उनले भने ।
मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने ध्याउन्नमा छन् । राप्रपाले २७ गते अगाडि कसैलेपनि समर्थन नगर्ने नीति लिएको अवस्थामा त्यसअघि नयाँ गठबन्धनको सरकार नबन्ने स्थितिको आंकलन उनको छ । त्यसो भएमा आफूलाई पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नबाट कसैलेपनि रोक्न नसक्ने उनको बुझाइ छ ।
गण्डकीमा कांग्रेस २७, एमाले २२, माओवादी ८(सभामुखसहित), राप्रपा २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर अहिले राजीनामा दिएका दीपक मनाङे सांसद छन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा पाण्डेले आफ्नो पार्टी कांग्रेस सहित राप्रपाको २, दीपक मनाङे र माओवादीको गणना गरिँदै आएको तर नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गर्दै आएका छन् । बहुमत पु¥याउने पाण्डेकै दाबीमा विश्वास गर्दै मनाङे वर्तमान प्रदेश सरकारमा सहभागी छन् । तर अहिलेसम्म राप्रपा र देवकोटा दुबैले समर्थन जनाइसकेका छैनन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







