फाइल तस्विर
चैत २० काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताएका छन् ।
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनै निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित ऐन संशोधन गर्न लागिएको जानकारी दिए ।
अर्थमन्त्री पुनले भने, “प्रस्तावित विधेयक संविधानसँग बाझिएको छैन, संविधानको मूल गति र भावनाअनुरुप नै छ । ऐनमा प्रयोग गरिने शब्द सकेसम्म नेपाली मौलिक भाषासँग तालमेल मिलाइने छ ।”
समितिका सभापति जयन्ती राईले अर्थतन्त्रका क्षेत्रमा आएका नवीनतम प्रविधिको प्रयोगलाई वैधानिकता प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबारलाई सुरक्षित र व्यवस्थित तुल्याउन ल्याइएको ऐनलाई गुणस्तरीय तुल्याउन सबैको सहयोगको अपेक्षा गरिन् ।
सुरक्षित कारोबार ऐन, २०६३ पहिलादेखि नै कार्यान्वयनमा रहेकाले संशोधनकारुपमा आएको विधेयकमाथि सांसदको आठ समूहले २८ विषयमा संशोधन हालेका थिए । उक्त संशोधनमाथि सशोधनकर्तासगँ आजै समितिले राय, सुझाव र परामर्श लिएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







